arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण र नेपाल–चीन मित्रता ( फोटो फिचर )

Oct 13, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६,  काठमाडौं । दुई दिवसीय राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिवार विशेष विमानबाट त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा स्थानीय समयअनुसार ४ : ४५  बजे  आइपुग्नु भएको थियो ।

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  विमानस्थलमा स्वागत गर्नुभयो । दुई दिनको वसाईमा  राष्ट्रपति सी  तथा नेपाली समकक्षीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता पनि भयो । 

यसैगरी नेपाल कम्युनिष्ट पार्टिका बरिष्ठ नेताहरुसँग सामुहिक भेटका साथै सीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनासँग पनि अलग–अलग भेटवार्ता गर्नुभयो । 

आइतवार नै चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता पनि  भयो । 

यो वार्तामा २० ओटा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर  पनि भयो । चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्ने सम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।    
 चीनका राष्ट्रपतिको यो भ्रमण नेपालमा २३ वर्षपछि  भएको हो । यो भ्रमणले नेपाल–चीन  मित्रता अझ  प्रगाढ  भएको महसुस गरिएको छ ।

जसरी राष्ट्रपति भण्डारीले स्वागत गर्नु भएको थियो त्यसरी नै राष्ट्रपति  भण्डारी तथा विशिष्ट गणले चिनियाँ राष्ट्रपतिलाई त्रिभुवन विमानस्थलबाट विदाइ गर्नुभयो । र, अन्त्यमा उहाँको प्रतिनिधिमण्डल अपरान्ह नेपालको विमानस्थलबाट चीनतर्फ  प्रस्थान भयो ।


तस्वीरमा हेरौं, चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको नेपाल गतिविधि :


 


 

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्