arthik abhiyan
ad banner

पूर्व कप्तान गांगुली भारतीय क्रिकेट नियन्त्रण बोर्डको अध्यक्ष  बन्दै  

Oct 14, 2019 
खेल विविध
Image Not Found

असोज २७, नयाँदिल्ली (भारत) । भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई) को अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । 

बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमवार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका  छन् । बीसीसीआईको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमवार अन्तिम दिन थियो ।

बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुनेछन्  ।

भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, खन्नाले भनेका छन् ।  

 खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी ब्रिजेस पटेललाई आईपीएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुनेछन् । रासस / एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्