arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमई लघुवित्तले अवितरित शेयर लिलामीमा विक्री गर्ने

Oct 14, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद शेयर मंगलवार (असोज २८ गते) देखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले गत साउन २१ देखि भदौ २३ गतेसम्म हकप्रद जारी गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको ५६ हजार ५६१ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । कात्तिक ५ गतेसम्म विक्री खुला हुने यस शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । लिलामी भर्दा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतम १० अंकले भाग जाने गरी २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन प्राप्त गर्न र बुझाउनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरमा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्