arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोहोरो अंकले घटेको नेप्से परिसूचक ११३६.९६ विन्दुमा, २१ करोड ८६ लाखको कारोबार

Oct 14, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । सोमवार नेप्से परिसूचक १२ दशमलव शून्य ५ अंक घटेर १ हजार १३६ दशमलव ९६ विन्दुमा आइपुगेको छ । यस दिन १ हजार १४९ दशमलव शून्य १ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो आधा घण्टाको समयावधिमा ११५० को विन्दु वरिपरि रहेको थियो । तत्पश्चात ओरालो लाग्ने क्रममा बजार गत कारोबार दिनको परिसूचकको तुलनामा १ दशमलव शून्य ५ प्रतिशत घटेर बन्द भएको छ ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक ओरालो लागेको हो । सोमवारको कारोबारमा होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ९१ प्रतिशत घटेर बन्द भएको छ भने बैंंकिङ समूहको परिसूचक १ दशमलव २७ प्रतिशत घटेको छ । यस्तै वित्त समूहको परिसूचक १ दशमलव १ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव १६ प्रतिशत घटेको छ । व्यापार, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, ‘अन्य’, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् । म्युचुअल फन्ड समूहको परिसूचक भने शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

सोमवारको कारोबार
सोमवार रू. २१ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ४२ गुणा बढी हो । गत कारोबार दिन बिहीवार रू. ६ करोड ३८ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने यस दिन २ दशमलव ७६ अंक घटेर २४९ दशमलव १७ विन्दुमा बन्द भएको छ ।

राधी विद्युतको शेयरमूल्य सर्वाधिक बढ्यो
सोमवार राधी विद्युत कम्पनीको शेयरमूल्य ५ दशमलव ८४ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्यमा प्रतिकित्ता रू. ८ ले वृद्धि भई अन्तिम शेयरमूल्य रू. १४५ रहेको छ । यस्तै दोस्रोमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा ४ दशमलव ५१ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता शेयरमूल्यमा रू. ६ ले बढेको छ । कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १३९ रहेको छ । शेयरमूल्य घटेर कारोबार हुनेहरुमा सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ६ दशमलव ४९ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्यमा रू. ५ ले घटेर अन्तिम शेयरमूल्य रू. ७२ मा सिमित भएको छ । यस्तै अरुण कावेली पावर कम्पनीको शेयरमूल्य ५ दशमलव ६३ प्रतिशत घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १३४ कायम रहेको छ ।

१२ समूहको परिसूचक

प्रभु बैंकको सर्वाधिक कारोबार
सोमवार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९९ हजार ४४४ कित्ता शेयरको खरीदविक्री हुँदा रू. २ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २६६ कायम रहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा सिद्धार्थ बैंकको रू. २ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. ३३७ पुगेको छ ।

यस दिन कारोबारमा आएका १५४ कम्पनीमा २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । साथै, २० कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्