ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पारस खड्काद्वारा राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा

Oct 15, 2019  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका छन् । मंगलवार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले कप्तानी छोडेको जानकारी गराएका हुन् ।

खड्काले सन् २००९ बाट राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । युएईमा भएको एसीसी टि–ट्वान्टी ट्रफीबाट खड्काले नेपाली टोलीको कप्तानी गरेका थिए । उनको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो । डिभिजन पाँचमा रहँदा कप्तानी सम्हालेका खड्काले सन् २०१८ मा नेपाललाई पहिलोपटक एकदिवसीय अन्तरराष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्