arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निवर्तमान सभामुख महरालाई ३ दिन हिरासतमा राख्न अनुमति

Oct 15, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । काठमाडौं जिल्ला अदालतले  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई  तीन दिन हिरासतमा राख्न  प्रहरीलाई अनुमति दिएको छ ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका  महरालाई  अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो  ।

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले हिरासतमा राख्न अनुमति दिएको हो । महराले सभामुख पदबाट असोज १४ गते  राजीनामा दिएका थिए ।

महरा नर्भिक अस्पतालमा उपचाररत भएको र सोही कारण  वयान लिन नसकिएको भन्दै  सरकारी  वकिलले  म्याद थप्न माग गरेका थिए । बडा दशैंका कारण जिल्ला अदालत  बन्द रहेका कारण महरालाई मंगलवार अदालतमा उपस्थ्ति गराइएको हो ।

यो पनि हेर्नुहोस :

सभामुख महराद्वारा राजीनामा

सर्त हटाएर महराले बुझाए दोस्रो राजीनामा पत्र, अझै त्यागेनन् सांसद पद

अब सभामुख को ?


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्