arthik abhiyan
ad banner

२.९४ अंकले घट्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

Oct 16, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव ९४ अंकले घटेको छ । १ हजार १४२ दशमलव शून्य ५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव २६ प्रतिशत घटेर १ हजार १३९ दशमलव १० विन्दुमा पुगेको छ ।  

यस अवधिसम्म कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये ३ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । पहिलो घण्टाको कारोबारमा ७७ कम्पनीको रू. ६ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयरमूल्य रू. २६८ मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्