ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुनर्बिमा कम्पनीको प्रस्ताव

Oct 18, 2019  
१० वर्ष अघि
NA


नेपाल बिमक संघले आकस्मिक बिमा कोषलाई पुनर्बिमा कम्पनीमा परिणत गर्न आग्रह गरेको छ । गत बिहीबार अर्थमन्त्रीलाई भेट गरी संघले त्यस्तो प्रस्ताव गरेको हो । संघले त्यसपछि बिमा समितिमा पनि यसबारेमा छलफल गरेको छ । 

सरकारले यस वर्षको बजेट वक्तव्यमा पुनर्बिमा व्यवसायलाई मुलुकभित्रैबाट सञ्चालनमा ल्याउन विदेशी तथा स्वदेशी निजी क्षेत्रको सहभागितामा पुनर्बिमा कमपनी स्थापना गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक पर्ने कानुनी प्रक्रिया छिटो मिलाइने पनि बजेटमा उल्लेख छ । 

प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०१३ अनुसार २०६० सालमा आकस्मिक बिमा कोषको व्यवस्था गरिएको थियो । नेपाल राज्यभित्र जारी गरिएको निर्जीवन बिमा लेखअन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्ने सक्ने जोखिम समूहको दाबी बेहोर्नका लागि पनि पुनर्बिमाको व्यवस्था गर्न  तथा सोसँग सम्बन्धित अन्य बिमा जोखिमहरूको भुक्तानी गर्नका लागि आकस्मिक बिमा कोषको स्थापना गरिएको थियो । कोष स्थापनाको समयमा सरकारले ५ करोड रुपैयाँ र प्रत्येक निर्जीवन बिमा कम्पनीले ३५ लाख रुपैयाँ गरी १० करोड रुपैयाँ जम्मा गरिएको थियो । कोषको स्थापना पछि खुलेको शिखर, सिद्धार्थ, लुम्बिनीले पनि  अरू कम्पनीसरह नै रकम हालेर कोषको पुँजी ११ करोड ७ लाख १४ हजार रुपैयाँ पुगेको छ भने  बिमकले आकस्मिक बिमाबापतको प्रिमियमसमेत गरी हाल कोषमा  ६० करोड रुपैयाँभन्दा बढी रकम जम्मा हुन पुगेको छ । ६ वर्षअघि स्थापित कम्पनीमा सरकार र निर्जीवन बिमा कम्पनी दुवैको स्वामित्व रहेका कारण त्यसैलाई पुनर्बिमा कम्पनीमा परिणत गर्नु उपयुक्त हुने संघले जनाएको छ ।

वर्ष ५, अंक २ २०६६, भदौ १५ –२१

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्