arthik abhiyan
ad banner

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ    

Oct 20, 2019 
खेल विविध
Image Not Found

कात्तिक ३,  काठमाडौं । तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतवार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ ।

यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र छ अफिसियलसहित २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । 

यही कात्तिक ६ गते उद्घाटन समारोहपछि नेपालले ताजकिस्तानसँग खेल्दै खेल शुभारम्भ गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक ७ गते उज्वेकिस्तानसँग तथा अन्तिम खेल ८ गते अफगानिस्तानसँग खेल्नेछ । 

नेपाली टोलीमा विजय गुरुङ, अनिष श्रेष्ठ, निर्मल गुरुङ, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा, सुमित आले र सन्जोग चाम्लिङ राई छन् ।

त्यस्तै नेपाली टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्