arthik abhiyan
ad banner

मुक्तिनाथ बैंक र नेपाल रेमिटबीच सम्झौता 

Oct 21, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found


काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच आइतवार भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिटका करीब ४ हजार एजेन्टबाट भुक्तानी गर्न सकिनेछ । सम्झौतामा मुक्तिनाथ विकासका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे । यसबाट बैंकका सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । 

हाल मुक्तिनाथ विकास बैंकको रेमिट मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरिरहेको छ । यस अभियानका विजेतामध्ये १ जनालाई स्कूटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेनेरेटर, ७ जनालाई ३२ इन्चको टीभी, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई स्पीकर प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्