arthik abhiyan
ad banner

रैथाने बाली जोगाउन बीउमा अनुदान 

Oct 21, 2019 
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, रुकुम । रुकुम पूर्वको भुमे गाँउपालिकाले रैथाने बाली जोगाउने अभियान शुरु गरेको छ ।

लोप भएका र लोपोन्मुख अवस्थमा रहेका अन्नबालीको बीउमा कृषकलाई शतप्रतिशत अनुदान दिएको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढाले बताए । उनले लोपोन्मुख तथा स्थानीय बीउलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले बीउमा सतप्रतिशत अनुदानको व्यवस्था गरेको बताए ।

उनले भने, ‘गाउँपालिकाकाले चालू आर्थिक वर्षमा  कृषिमा आत्मनिर्भरताको अभियान शुरु गरेको हो ।’ अनुदानमा बीउ  वितरण गर्न  रू.१ करोड ६७ लाख ६६ हजार बजेट विनियोजन गरिएको छ । 

‘स्थानीय उत्पादन हुने बीउ तोरी, फापर, कोदो,मकै लगायतको बीउमा शतप्रतिशत अनुदान वितरण भइराखेको छ’ उनले भने, ‘विगतका वर्षमा झैं आफै तोरी उत्पादन गरेर तेल, फापरबाट रोटी र कोदोबाट आत्मनिर्भर  बनाउने लक्ष्य छ ।’

पछिल्लो समय जिल्लाका विभिन्न भागमा उत्पादन वृद्धि गर्ने नाममा हाइब्रिड जातका अन्नबाली भित्रिएका कारण रैथानेबाली लोप हुने अवस्थामा पुगेकोे छ । 

त्यसैगरी ‘एक घर एक करेसाबारी’ नारालाई मूर्त रुप दिन तरकारीको लागि पनि प्रत्येक चौमासिकमा वडा र पालिकाबाट तरकारीको बीउसमेत स्थानीयले निःशुल्क वितरण गर्ने गरिएको छ ।

मागमा आधारित औजार उपकरण, साना सिंचाई, मौरी र माछा पालन लगायतका कृषि व्यवसायको लागि समेत किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उक्त गाउँपालिकाले बताएको  छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्