arthik abhiyan
ad banner

२०७६/७७ लागि एमबीबीएस र बीडीएसको सिट संख्या निर्धारण, कुन कलेजले कति सिट पाए ?

Oct 21, 2019 
समाचार शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट संख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट संख्या निर्धारण गरेको बताएको छ ।

कुन कलेजले कति सिट पाए ?

नयाँ शुल्क निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गते बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि नयाँ शुल्क निर्धारण गरेको हो । उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न रू. ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रू. ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी, बीडीएसका लागि उपत्यकाभित्र र बाहिर रू. २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा बताइएको छ ।

यसअघि एमबीबीएस तहका लागि उपत्यकाभित्र रू. ३८ लाख ५० हजार र उपत्यका बाहिर रू. ४२ लाख ४५ हजार तथा बीडीएसका लागि उपत्यकाभित्र रू. १९ लाख ३२ हजार ६१२ शुल्क तोकिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्