arthik abhiyan
ad banner

हेटौंडामा बजार अनुगमन गरेर खाद्यान्न जफत्

Oct 21, 2019 
प्रदेश ०३
NA

कात्तिक ४, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा खाद्य गुण नियन्त्रण प्राविधिक क्षेत्रीय कार्यालय, स्थानीय उपभोक्ता र घरेलु कार्यालयको संयुक्त अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं १, ४, ५ र १० मा रहेको स्थानीय बजारमा सोमवार अनुगमन गरी म्याद नाघेका खाद्य पदार्थ जफत गरेको छ ।

टोलीले हेटौंडा नगरका १६ पसलमा अनुगमन गरिएकामध्ये दुई खाद्यान्न पसललाई तीन दिनभित्र खाद्य गुण नियन्त्रण कार्यालयमा उपस्थित हुन लिखित सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्यले बताए । उनका अनुसार जफत गरिएका खाद्यान्नमा बिस्कुट, चाउचाउ, पेयपदार्थ, कफी, चिया, दालमोठ, मसला, दाल, तेललगायतका सामग्री छन् । ती सामग्रीमा केही मिसावट गरिएको र म्याद सकिएका भए पनि विक्रीका लागि मिति सच्याएर राखिएको पाइएको बताइएको छ ।

यसैगरी सोही टोलीले स्थानीय बजारका तरकारी पसल र माछामासुका पसलमा पनि अनुगमन गरेको छ । ती पसललाई अनुगमन टोलीले गुणस्तरीय माछामासु विक्री गर्न र पसललाई सफा राख्न सुझाव दिएको र अर्कोपटक अनुगमन गरिंदा सुझाव अनुसारको कार्यान्वयन नभए आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारबाही गरिने तर्फ निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमकुमार जोशीले बताउ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्