arthik abhiyan
ad banner

ट्राफिक प्रहरीले उठायो रू. ३६ लाख जरीवाना

Oct 22, 2019 
यातायात
NA

 

कास्की (अस) । दशैंको अवधिमा सवारी नियम उल्लंघन गर्ने सवारीचालकबाट जिल्ला ट्राफिक कार्यालय, कास्कीले ३६ लाख २० हजार ५०० रुपैयाँ जरीवाना असुल गरेको छ । कार्यालयले चाडपर्व लक्षित चेकजाँचबाट उक्त जरीवाना संकलन गरेको हो ।

दशैंमा सवारी नियम उल्लंघन गर्ने ४ हजार ८०० चालक कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अघिल्ला महीनाभन्दा असोज महीनामा आपराधिक गतिविधिमा भने कमी आएको छ । उनका अनुसार साउनमा १६१ र भदौमा १७३ आपराधिक घटना भएका थिए । ‘दशैं सुरक्षा योजना’ सञ्चालन गरेपछि असोजमा भने १२९ मात्र आपराधिक घटना भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्