arthik abhiyan
ad banner

चितवन ट्राफिकद्वारा ६४ लाख राजस्व संकलन 

Oct 22, 2019 
यातायात
NA
author avatar अभियान संवाददाता

चितवन । जिल्ला ट्राफिक कार्यालय, चितवनले चालू आर्थिक वर्षको ३ महीना अवधिमा ६४ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । ८ हजार ४५० सवारीसाधनको कारबाहीबाट उक्त राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार साउन महीनामा २ हजार ९२० सवारीसाधनको कारबाहीबाट २२ लाख २९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । भदौ महीनामा २ हजार ६८० सवारीसाधनबाट २० लाख १८ हजार जरीवाना संकलन भएको थियो । यस्तै असोज महीनामा २ हजार ८५० सवारीसाधनको कारबाहीबाट २१ लाख ६३ हजार रुपैयाँ संकलन भएको कार्यालयले बताएको छ । 

३३ जनाको मृत्यु, १८० घाइते  
यसैगरी उक्त अवधिमा सवारी दुर्घटनामा परेर जिल्लामा ३३ जनाको मृत्यु भएको छ । कार्यालयका अनुसार सो अवधिमा ८१ ओटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १८० जना घाइते भएका थिए । चितवनका भित्री सडकमा सबैभन्दा बढी सवारी दुर्घटना भएको कार्यालयले बताएको छ । सो अवधिमा भित्री सडकमा १० जना, नारायणगढ–मुग्लिङ सडकमा आठजना, पूर्व–पश्चिम सडकमा सातजना, पृथ्वी राजमार्गमा चारजना र भरतपुर नगर क्षेत्रमा चारजनाको मृत्यु भएको छ । यस्तै, साउन महीनामा २५ जना, भदौमा ३३ जना र असोजमा १२२ जना घाइते भएका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले भित्री सडकहरू स्तरीय नहुनु, साना सवारी चालकको लापरबाही, मादकपदार्थ सेवन लगायत कारण कारण दुर्घटना बढेको बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्