arthik abhiyan
ad banner

३ महीनामा ६ लाख ट्राफिक राजस्व संकलन

Oct 22, 2019 
यातायात
NA

बागलुङ (अस) । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङले चालू आर्थिक वर्षको ३ महीनामा ६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक नियम मिच्ने १ हजार ५० सवारीसाधनको कारबाहीबाट कार्यालयले ६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

उक्त अवधिमा नियम विपरीत चलेका ४६ ट्रक, १०५ बस, ४९५ जीप, ट्र्याक्टर १३० र २७४ मोटरसाइकल सवारीसाधन कारबाहीमा परेको कार्यालयको तथ्यांकले देखाएको छ । कागजात नभएका, क्षमताभन्दा बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवन गर्ने जस्ता सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी शंकर विकले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुईओटा दुर्घटनामा परी तीनजना घाइते भएका थिए । ‘ट्राफिक नियम पालनामा कडाइ गरिरहेका छौं,’ विकले भने, ‘नियमित चेकजाँचसँगै समुदायस्तरमा ट्राफिक नियम सम्बन्धी चेतना जगाउने काम पनि भइरहेको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्