arthik abhiyan
ad banner

घरमै सवारीसाधन सफा गर्ने उपाय

Oct 22, 2019 
यातायात
Image Not Found


सवारीसाधनको खरीदपछि त्यसलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने जिम्मेवारी प्रयोगकर्तामा थपिने गर्छ । ठीक समयमा गाडीको उचित सफाइ भएन भने सो गाडी छिट्टै नै पुरानो देखिन्छ । साना र ठूला सवारीसाधनको सफाइका लागि व्यावसायिक वाश सेन्टरहरू पनि बढ्दो छन् । तर, अधिकांश सवारीधनी घरमा आपैm सवारीसाधनको सफाइ गर्न चाहन्छन् । घरमै गाडी सफा गर्न चाहँदाचाहँदै पनि सवारी सफाइको उपयुक्त तरीका नजान्दा भने अन्योल सृजना हुने गरेको छ । यसैलाई दृष्टिगत गरी सवारी सफाइका केही सहज उपायहरू यहाँ प्रस्तुत गरिएका छन् :

पानी तथा कपडाको अतिरिक्त व्यवस्था 
धेरैले सवारी धुन केही बाल्टिन पानी र सफाइका उत्पादन भए पर्याप्त हुने सोच राख्छन् । केही मात्रामा यो सोच ठीकै भए तापनि सफाइका लागि अतिरिक्त सफा पानीको व्यवस्था गर्नु बुद्धिमानी हुन्छ । किनभने सवारी सफाइ गर्ने क्रममा सफाइमा प्रयोग गरिएको स्पन्ज वा कपडा सवारीमा टाँसिन सक्छ । यो स्पन्ज वा कपडा पानीमा पुनः डुबाउँदा यसमा रहेका फोहोर पानीमा मिसिन्छन् । यसरी फोहोर मिसिएको कपडा सवारी धुन पुनः प्रयोग गर्दा सवारी पूर्णरूपमा सफा नहुनुका साथै सवारीमा स्त्र्mयाच (कोर्ने) लगायत खतरा समेत रहन्छ ।

सफाइका लागि प्रयोग हुने उत्पादन
सवारी सफा गर्दा जे पायो त्यही सफाइ उत्पादनको प्रयोग गर्नु राम्रो होइन । यसका लागि कुनै पनि सफाइको वस्तु प्रयोग गर्दा सवारीको रङलाई हानि नपु¥याउने उत्पादनको छनोट गर्नुपर्छ । यस्तो उत्पादन छनोटको सबैभन्दा राम्रो उपाय हो सवारी विक्रेताको सल्लाह लिनु । कुनै पनि सवारी विक्रेताले आपूmले विक्री गरेको सवारीमा खराबी आओस् भन्ने चाहँदैनन् । त्यसैले अधिकांश समयमा तिनले प्रस्ताव गर्ने उत्पादन नै सवारीका लागि सबैभन्दा राम्रो हुने सम्भावना रहन्छ । साथै कुनै अनुभवी साथीको सल्लाह लिनु पनि राम्रो हुन्छ ।

रिम तथा पांग्रा
सवारीका रिममा ग्रिज टाँसिने सम्भावना अधिक हुन्छ । लामो यात्रामा सवारीको प्रयोग गरिसकेपछि ब्रेक प्याडको फोहोर समेत रिममा टाँसिने सम्भावना अधिक हुन्छ । यसको सफाइका लागि सबैभन्दा सहज उपाय भाँडा सफा गर्ने साबुनको प्रयोग गर्नु हो । यस्तो साबुन सवारीको पेन्टलाई ध्यानमा राखेर बनाइएको हुन्छ । यसले सफा गर्दा रिममा कुनै हानि समेत नपुग्ने उनीहरूको भनाइ छ । 

विन्डशिल्ड
विशेषगरी लामो दूरीको सवारी यात्रापछि सवारीको विन्डशिल्डमा किरा फट्यांग्राहरू टाँसिने सम्भावना हुन्छ । यसको सफाइका लागि केही मात्रामा कोकाकोलाको प्रयोग गर्न सकिन्छ । तर यसको अत्यधिक प्रयोग भने गरिनु हुँदैन । साथै प्रयोग गर्दा शिशा बाहेक सवारीका अन्य भागमा यो नपरोस् भन्नेमा समेत सजग हुनुपर्छ । मरेका कीरा–फट्यांग्रामा केही मात्रामा कोकाकोला लगाउनुहोस् र केही समयका लागि राख्नुहोस् । त्यसपछि तिनलाई पानीले पखाल्नुपर्छ । कोकाकोला विशेषगरी सवारीसाधनको पेन्टमा नपरोस् भन्नेमा विशेष ध्यान पुर्‍याउनु पर्छ । 

अलकत्राको दाग
राजमार्ग तिरको यात्रा गर्दा धेरै सडक खण्डहरू बिग्रिएका वा निर्माणका क्रममा हुनु स्वाभाविक हो । राजमार्गमा भएर यात्रा गरेपछि सवारीका विभिन्न भागमा अलकत्राका दागहरू देखिन सक्छन् । यस्ता दाग हटाउने सबैभन्दा सहज उपाय मायोनिजको प्रयोग गर्नु हो । दाग लागेका स्थानमा हल्का मात्रामा मायोनिज (तेल र अन्डाको मिश्रणबाट बन्ने सस) लगाउनु पर्छ । त्यसपछि करीब ५ मिनेट पर्खेर सफा कपडाले पुछ्नुपर्छ । यति गर्दा अलकत्रा जानुका साथै पेन्ट पनि सुरक्षित रहन्छ ।

चराको बिस्टा
सवारीमा चराको बिस्टा परेको अधिकांशले दैनिक रूपमा देखेकै हुनुपर्छ । देख्नेलाई सामान्य लागे तापनि सवारीधनीका लागि भने यो टाउको दुखाइको कारण हुने गरेको छ । तर सामान्य उपाय अपनाएर यसको सहजै सफाइ गर्न सकिन्छ । यसको सफाइका लागि क्लब सोडाको प्रयोग गर्न सकिन्छ । बिस्टा परेको स्थानमा हल्का सोडा लगाउनुहोस् । यसपछि केही सयम पर्खेर यसलाई पुछ्नुपर्छ । तर विन्डशिल्ड बाहेक अन्य भागमा भने सोडाको प्रयोग गर्दा सवारीको रङमा नकारात्मक असर पर्न सक्छ । त्यसैले यसका लागि सवारी वाशकै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सवारीका क्रोममा दाग
सवारीका क्रोममा दाग लागेमा यसको चमक पुनः फर्काउन केही मात्रामा खरानीको प्रयोग गर्नुपर्ने हुन्छ । दाग भएका स्थानमा केही मात्रामा खरानी दल्ने र सफा हुनेगरी पुछ्नुपर्छ । साथै पोलिसको प्रयोग पनि गर्न सकिन्छ । यसबाट पनि क्रोमको चमक फर्काउन सकिन्छ । तर यी उपायको प्रयोग क्रोमबाहेक सवारीका अन्य भाग विशेषगरी पेन्टमा गरिनु भने हुँदैन । 

आन्तरिक म्याटको सफाइ
सवारीभित्र प्रयोग गरिने म्याटको सफाइ झट्ट हेर्दा निकै कठिन काम जस्तो लाग्न सक्छ । तर वास्तवमा यसको सफाइ निकै सहज र सजिलो छ । सफाइका लागि पहिले म्याटलाई सवारीबाट निकाली टक्टक्याउनु पर्छ । यसपछि ब्रश र साबुनको प्रयोग गरी मज्जाले धस्नुपर्छ । त्यसपछि सफा पानीले म्याटलाई पखाल्नुपर्छ । यति गर्दा सवारीको म्याट सफा हुन्छ । 

सवारीको दुर्गन्ध हटाउने
समय समयमा सवारीको सफाइ नगरेमा सवारीभित्र दुर्गन्ध फैलिने सम्भावना रहन्छ । आद्र्रता, धूवाँ, खाना लगायतका कणले गन्ध बन्ने सम्भावना अधिक हुन्छ । यसको समाधानका लागि दाउराको कोइला (चारकोल)को प्रयोग गर्न सकिन्छ । एउटा ब्यागमा चारकोल भरेर केही दिनका लागि सवारीभित्र राख्नुपर्छ । चारकोलले सवारीमा रहेको गन्धलाई सोस्छ । यसले सवारीमा ताजा बास्ना बनाइराख्न सकिन्छ । 

आवाज आउने ढोका
समयान्तरालमा सवारीको ढोका खोल्दा वा बन्द गर्दा घर्सनुका साथै आवाज आउने हुन्छ । सवारी धुँदा यसमा रहेको चिल्लोपना हट्दा पनि यस्तो आवाज आउने सम्भावना रहन्छ । यसको समाधानका लागि थोरै मात्रामा जैतुनको तेल प्रयोग गर्न सकिन्छ । कपडा वा कपासलाई तेलमा हालेर हल्का मात्रामा तेल सोस्न लगाउनु पर्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्