ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकसँग रकम माग

Oct 23, 2019  
१० वर्ष अघि
NA


नेपाल विकास बैंकले आफ्ना साना निक्षेपकर्ताका रकम फिर्ता गर्न रकम उपलब्ध गराउन माग गर्दै आइतबार नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । पुनरावेदन अदालत पाटनले गत शुक्रबार दुई लाख रुपैयाँसम्म बचतकर्तालाई रकम दशैं अगाडिदेखि नै फिर्ता गर्न आदेश दिएपछि बैंकले राष्ट्र बैंकलाई सो पत्र पठाएको हो । 

बैंक टाट पल्टन लागेकाले राष्ट्र बैंकले केही महिनाअघि सो बैंकको सम्पूर्ण बासलात र हिसाबकिताब आफ्नो नियन्त्रणमा लिएको थियो । 

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद शर्माका अनुसार बैंकमा २ लाख रुपैयाँसम्म जम्मा गर्ने निक्षेपकर्ताको संख्या करिब १ हजार छ । १ लाख रुपैयाँसम्म बचत गर्नेलाई ५० प्रतिशत र त्योभन्दा बढी बचत गर्नेलाई दुई लाख रुपैयाँ नबढ्ने गरी फिर्ता दिने तयारी बैंकले गरेको उनले बताए । ‘त्यसका लागि करिब २ करोड ८० लाख रुपैयाँ आवश्यक पर्छ । हामीले त्यही रकम राष्ट्र बैंकसँग मागेका छौं ।’ उनले भने । राष्ट्र बैंकले नेपाल विकास बैंकले माग गरे अनुसारको रकम दुई दिनभित्रै निकासा दिने बताएको छ । ‘अदालतको आदेश पालना गर्नुको विकल्प छैन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

सो बैंक विघटनको प्रक्रियामा लैजाने वा नलैजाने भन्ने बारेमा सुझाव दिन पुनरावेदन अदालतमा पाटनद्वारा गठित जाँचबुझ अधिकारी तीर्थराज उपाध्यायले गत बुधबार आफ्नो प्रतिवेदन अदालतलाई बुझाएका छन् ।   

वर्ष ५, अंक ५, २०६६, भदौ असोज ५–२५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्