arthik abhiyan
ad banner

‘अमेरिकाको कालोसूचीले चिनियाँ प्रविधि विकास रोक्न सक्दैन’

Oct 23, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । चीनले अमेरिकाले चिनियाँ कम्पनीलाई कालोसूचीमा राखे पनि त्यसले चीनको प्रविधिको विकासलाई रोक्न नसक्ने दाबी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता हुआङ लिपिनले समग्रमा अमेरिकाको उक्त कालोसूचीबाट चीनको प्रविधि विकासमा असर नपर्ने बताएका हुन् । 

अमेरिका र चीनको बीचमा जारी व्यापारिक द्वन्द्वको क्रममा अमेरिकाले हुवावेईसहितका केही सुपरकम्प्युटिङ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त सूचीमा रहेका कम्पनीले अमेरिकी कम्पनीसँग विशेष अनुमति विना कुनै पनि व्यापार तथा कारोबार गर्न पाउँदैनन् । अमेरिकासँगको व्यापारयुद्धको कारण अहिले चीनको प्रविधि कम्पनी समस्यामा देखिए पनि चीनको विज्ञान तथा प्रविधिले उक्त समस्यालाई पूरा गर्न सक्ने हुआङको भनाइ छ । 

हुआङले चीनले आफ्नो दूरसञ्चार, इन्टरनेट र सवारीसाधन उद्योग विदेशी लगानीका लागि थप खुला गरिने पनि बताए । अहिलेसम्म अमेरिकाको कालोसूचीमा २८ चिनियाँ कम्पनी छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्