arthik abhiyan
ad banner

भारतमा कर्मचारी भर्ती सुस्ताउँदै

Oct 23, 2019 
अन्तरराष्ट्रिय
Image Not Found


नयाँ दिल्ली (भारत) । भारतमा कर्मचारी भर्ती सुस्ताउने देखिएको छ । आगामी २ त्रैमासका लागि त्यहाँका कम्पनीहरूले थोरै आईटी पेशाकर्मी भर्ती गर्ने आशय व्यक्त गरेका छन् । एक्सपेरिज आईटी इम्प्लोएमेन्ट आउटलुक सर्भेले यस्तो देखाएको हो । सर्वेक्षणअनुसार सन् २०१९ को अक्टोबरदेखि सन् २०२० को मार्चको बीचमा भारतीय रोजगारदाताको आईटी कर्मचारी भर्तीको उद्देश्य घटेर ४७ दशमलव ५४ प्रतिशत रहेको छ । विगत ६ महीनाको तुलनामा यो झन्डै ५ प्रतिशतमा आएको छ । 

‘विश्वको काम गर्ने वातावरणमा परिवर्तन आइरहेको छ, रोजगारदाताले कर्मचारीमा प्राविधिक शीपबाहेक पनि ग्रहणीयता, गहन सोच र नेतृत्व शीप खोजिरहेका छन् ।’ एक्सपेरिज आईटीका अध्यक्ष मनमित सिंहले भने । प्रतिवेदनअनुसार क्रमिक रूपमा प्रविधिको विकासमा भइरहेको प्रवृत्तिसँगै आईटीसँग सम्बन्धित रोजगारी बजारमा परिवर्तन भइरहेको छ । आगामी केही वर्षदेखि कृत्रिम बौद्धिकता र बिग डाटामा २ लाख रोजगारी सृजना हुने देखिएको छ । यस्तोमा सन् २०२१ देखि प्रतिभाको ठूलो खडेरी हुन सक्ने बताइएको छ । सर्वेक्षणमा आईटी र गैर–आईटी क्षेत्रका ५०९ जना रोजगारदातालाई समावेश गराइएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्