arthik abhiyan
ad banner

बिहीवार चार कम्पनीको साधारण सभा हुँदै

Oct 23, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, काठमाडौं । बिहीवार एकै दिन चार कम्पनीको साधारण सभा हुने भएको छ । साधारण सभा बोलाउने कम्पनीमा आशा लघुवित्त, ओरियन्टल होटल, युनिलिभर नेपाल र सिद्धार्थ बैंक परेका छन् । यि कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने तथा लाभांश पारित सहित अन्य विषयहरुमा छलफल गरी पारित गर्न साधारण सभा बोलाएका हुन् । 

आशा लघुवित्तले तेस्रो सभा फल एण्ड ट्राउट भिलेज नुवाकोटमा बिहान १० बजे शेयरधनीहरुलाई बोलाएको छ । कम्पनीको सभाले १२ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी ओरियन्टल होटलले २२ औं सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गर्ने शेयरधनीहरुलाई नेपाल प्रशाशनिक प्रशिक्षण प्रतिष्ठानमा बोलाएको हो । कम्पनीको सभाले  संस्थापक शेयरधनीहरुको हिस्ता ७० प्रतिशत र साधारणको ३० प्रतिशत कायम गर्ने सम्बन्धमा छलफल गर्नेछ । 

युनिलिभर नेपाल लिमिटेडको २६ औं सभाले ४ बजेर ३० मिनेटमा सिल्भर ओक ब्याङक्वेट, गैह्धिारामा शेयरधनीलाई बोलाएको छ । कम्पनीको सभाले वार्षिक प्रतिवेदनमा छलफल गर्ने सञ्चालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालकमा सुबास बज्राचार्यलाई आगामी चार वर्षको लागि पुनः नियुक्ती दिने विषय सम्बन्धमा छलफल गर्नेछ ।

साथै, सिद्धार्थ बैंकले १८ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ९ बजे बोलाएको छ । कम्पनीले सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १५ दशमलव २५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्