arthik abhiyan
ad banner

सामुदायिक विद्यालय प्रविधिमैत्री हुँदै

Oct 24, 2019 
शिक्षा
NA


खलंगा । जुम्लाका सिँजा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिँजा गाउँपालिका–६ मा रहेको माध्यमिक विद्यालयहरूले डिजिटल हाजिरीको शुरुआत गरेका छन् ।

गतवर्षको जेठ महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुगेको विद्यालयले बताएको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले बताए । शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सीसी क्यामेराको व्यवस्था गरेको उनको भनाइ छ । शिक्षक नियमित हुनेबित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुने गरेको बुढाले बताए । विद्यालयले मल्टिमिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल कम्प्युटर कक्षा मल्टिमिडिया प्रयोग गरेर पढाउन शुरू गरेको समेत उनले बताए ।

कम्प्युटर शिक्षक देवीलाल रावतका अनुसार अब अन्य विषयलाई समेत मल्टिमिडियाबाट अध्यापन गराइँदै आएको छ । त्यस क्षेत्रका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिको प्रयोगमा जोड दिन थालेका छन् । सिँजा गाउँपालिका–५ मा पुंmग्रमा रहेको कैलाश माविले समेत कक्षा अनुगमनका लागि सीसीटीभी क्यामेरा जडान गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्