arthik abhiyan
ad banner

शुक्लाफाँटाका निजी स्रोतका शिक्षकका लागि १ करोड बजेट

Oct 24, 2019 
शिक्षा
NA

महेन्द्रनगर (अस) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले निजी शिक्षकका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले गत आवमा यस्तो बजेट विनियोजन गरेकोमा चालू आवमा पनि निरन्तरता दिएको हो । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले नगरभित्र रहेका विभिन्न सामुदायिक विद्यालयका निजी शिक्षकलाई प्रोत्साहन गर्न १ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको बताए । उनका अनुसार गत आवमा यो बजेट यति नै थियो । ‘शिक्षकलाई शिक्षा अनुदान’ शीर्षकमा नगरका ३२ विद्यालयलाई उक्त रकम वितरण गरिने नगर प्रमुख ऐरले बताए । ‘हामी हरेक विद्यालयलाई रकम पठाउँछौं,’ उनले भने, ‘सम्बन्धित विद्यालय आफैले उक्त रकम शिक्षकलाई वितरण गर्छन् ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्