arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल भ्रमण वर्ष २०२० : सडकछेउमा होर्डिङ बोर्ड देखिन थाले (फोटोफिचर)

Oct 24, 2019  
फोटो फिचर
Image Not Found
सिनामंगल–एयरपोर्ट सडकखण्डको छेउमा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रसारका लागि राखिएको होर्डिङ बोर्ड । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचारप्रसारका लागि काठमाडौंका पर्यटकीय क्षेत्रमा होर्डिङ बोर्डहरु राख्न थालिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले विभिन्न माध्यमबाट प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने कार्यलाई तिव्रता दिंदैछ । सोही अनुरुप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न भागमा होर्डिङ बोर्ड, डिजिटल डिस्प्लेलगायतका सामग्री राख्न थालिएको हो ।

माइतीघर मण्डलास्थित डिजिटल बोर्डमा ‘भिजिट नेपाल २०२०’ को प्रचार । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

सिनामंगल–एयरपोर्ट सडकखण्डको छेउमा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रसारका लागि राखिएको होर्डिङ बोर्ड । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको फूटपाथमा हिंडिरहेका पर्यटक । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको बिद्युतको पोलमा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रसारका लागि राखिएको होर्डिङ बोर्ड । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

सिनामंगल–एयरपोर्ट सडकखण्डको छेउमा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रसारका लागि राखिएको होर्डिङ बोर्ड । तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्