arthik abhiyan
ad banner

किन चीनप्रति बढी आशावादी ?

Oct 25, 2019 
पाठक विचार
NA

नेपालको दक्षिण र उत्तरका दुई छिमेकी भारत र चीनको विश्वमा प्रभाव बढ्दो छ । जससँग बजार र उत्पादन छ त्यसैलाई अहिले शक्तिशाली मानिन्छ । त्यसअर्थमा अहिले उदीयमाथ अर्थतन्त्र भारत र चीन विश्वकै चासोमा परेका छन् । यी दुई देशबीच सन्तुलन बनाएर नेपालले आर्थिक लाभ लिन सक्छ । तर, नेपालले त्यसअनुसार काम गर्न भने सकेको छैन कि भन्ने देखिन्छ । चीनको राष्ट्रपति सी चिङफिनको नेपाल भ्रमणपछि नेपालको विकास नै चीनले गरिदिनेजस्तो गरी चर्चा हुन थालेको छ । त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपल्ट नेपाल आउँदा पनि त्यस्तै सोचेर दंग नपरेका होइनौं । हरेक देशको आफ्नो स्वार्थ हुन्छ र त्यही स्वार्थअनुसार उनीहरू रणनीति तय गर्छन् । नेपालमा चीन र भारतको चासो त्यही रणनीति हो भन्ने कुरा सामान्य नागरिकले पनि बुझनु जरुरी छ । 

नेपालमा एउटा छिमेकीलाई राम्रो र अर्कोलाई नराम्रो मान्नेको संख्या धेरै छ । एउटा छिमेकी शत्रु र अर्कोचाहिँ मित्र भन्ने जस्तो सोच बढ्दो छ । हो, लगानी चीनबाट आए पनि हुन्छ भारतबाट आए पनि । तर, उनीहरूको स्वार्थअनुसार होइन, हाम्रो स्वार्थअनुसार आउनुपर्छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । तिनलाई प्रोत्साहन गर्नुको साटो हेला गरिन्छ भने त्यो दिगो हुँदैन । तुलनात्मक रूपमा भारतीयभन्दा चिनियाँ पर्यटक खर्चालु मानिन्छन् । चिनियाँ पर्यटकलाई बढी सम्मान गर्ने गरिन्छ । तर, त्यसबाट पनि नेपालले फाइदा लिन भने सकेको छैन । चिनियाँकै होटलमा बस्ने अनि चिनियाँ जहाजमै आउने पर्यटकबाट उचित फाइदा लिन नसक्नु स्वाभाविक हो । बजारमा भारतीय र चिनियाँ सामानको दबदबा छ । अर्थात् दुवै छिमेकीका लागि नेपाल बजार हो । 

दुवै देशसँग नेपालको व्यापारघाटा निकै ठूलो छ । त्यसैले निर्यात बढाउने नीति लिइनुपर्छ । नेपालको निर्यात बढाउन चीनको लगानी आकर्षण गर्नुपर्छ । दक्षिण एशियाली राष्ट्र र तेस्रो विश्वमा निर्यात बढाउन चीनको लगानी अभिवृद्धि गर्नुपर्छ । साथै चीनसँगको व्यापारघाटा घटाउने प्राथमिकता हुनुपर्ने हो । तर, त्यतातर्फ भन्दा बढी सहयोग र अनुदानको अपेक्षा गर्ने नीति लिएर नेपालले व्यापारघाटा कम गर्ने विषयलाई त्यति चासो नदिएको देखियो । 

चीनसँग व्यापारघाटा छ । चिनियाँ लगानी नेपालमा आकर्षित गरेर दक्षिण एशियाली बजार र चीनमा सामान निर्यात गर्न सक्नुपर्छ । चीन र दक्षिण एशियाली बजारमा निर्यात बढाउन उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्न सक्नुपथ्र्यो । भारतसँगको व्यापारघाटा कम गर्न पनि भारतीय लगानी आकर्षित गर्नुको विकल्प छैन । यस्तोमा चीनले यो गरिदिन्छ, त्यो गरिदिन्छ भनेर बढी अशावादी हुनु राम्रो होइन । 

दिनेश श्रेष्ठ
नयाँबजार, काठमाडौं

 

प्रतिक्रिया [1]
User Image

Sunil k. Yadav

[Oct 25, 2019 03:30am]

Yo kura lai manan garnuprx hamra rajnetaharule


प्रतिक्रिया दिनुहोस्