arthik abhiyan
ad banner

मिठार्ईको व्यापार ६ गुणा बढी

Oct 25, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

तहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर मिष्ठान्न भोजनमा मिठाई खुवाउने प्रचलन छ । यो प्रचलन विस्तार हुँदै तिहारमा मिठार्ईको व्यापार बृहत् हुने क्रम जारी छ । यतिबेला मिठाई पसलहरू तिहारका लागि तयार गरिएका मिठाईले भरिभराउ छन् । लड्डु, पेडा, बर्फी, काला जामुन, रसवरी, लालमोहन, कलाकन्द, खुवा जस्ता विभिन्न मिठाई यो पर्वमा उपभोक्ताका रोजाइमा पर्दछन् । उपभोक्ताको रुचि अनुसार नै मिठाई बनाउने गरेको रामेश्वरम् स्वीट्सका बीके पाण्डे बताउँछन् । 

त्रिपुरेश्वरस्थित साजन गोठ मिठाईका प्रमोद शर्मा यो समयमा अन्य समयको तुलनामा करीब ६ गुणा बढी मिठाई विक्री हुने बताउँछन् । मिठाई खान मन हुने तर डाइबिटिजको समस्या भएका ग्राहकलाई समेत ध्यानमा राखी मिठाई पसलहरूले सुगरफ्री मिठाई पनि उत्पादन गर्ने गरेका छन् । कलाकन्द, काजु तथा मसला, लड्डु, अंजिर मिठाई जस्ता मिठाईहरू सुगरफ्रीमा पनि उत्पादन गर्ने गरेको व्यवसायीहरू बताउँछन् । 

पछिल्लो भारतमा रहेको दिवाली (तिहार)मा एकआपसमा मिठाई उपहार दिने प्रचलन नेपालमा पनि बढ्दै गएको छ । आफन्त तथा साथीभाइका साथै विभिन्न उद्योग तथा व्यवसायका सञ्चालकहरूले आफ्ना कर्मचारीहरूलाई उपहार दिन मिठाईको माग आउने क्रम बढेको साजन गोठका शर्मा बताउँछन् । मिठाई जस्तै ड्राइफ्रुटको उपहार दिने प्रचलन पनि बढ्दो छ । विभिन्न आकार र ढाँचामा सजाएर प्याकिङ गरिएका ड्राइफ्रुट पनि दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्