arthik abhiyan
ad banner

तिहारको सांस्कृतिक मौलिकता जोगाऔं

Oct 25, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
डा. जगमान गुरुङ संस्कृतिविद् एवं उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान

लामो कालखण्डसम्म घुमन्ते जीवन बिताएको मानिसको विकासक्रममा हलो जोत्न थाल्नुलाई ठूलो क्रान्तिका रूपमा लिइन्छ । त्यसैले उक्त क्रान्तिसँगै मानिसको जीवनमा जोडिएका गाई, गोरुका साथै अन्य पशुपक्षीलाई पुज्ने चाड तिहारको इतिहास घुमन्ते युगसम्म पुग्ने संस्कृतविद् डा. जगमान गुरुङ बताउँछन् । प्रस्तुत छ, तिहारका सन्दर्भमा संस्कृतविद् डा. गुरुङसँग आर्थिक अभियान दैनिकका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

तिहारको शुरुआत कसरी भयो ? 
तिहार भारतीय भाषाको ‘त्यौहार’ शब्दबाट नेपालीमा आएको हो । यसको अर्थ चाडपर्व हुन्छ । तर नेपालमा कात्तिकको यमपञ्चकलाई मात्र तिहार भनिन्छ भने भारतमा जुनसुकै चाडलाई त्यौहार भनिन्छ । नेपालमा तिहार मनाइए जस्तै भारतमा दिवाली (दीपावली) मनाइन्छ । तर दीपावली र तिहार फरक हुन् । नेपालको तिहार र भारतको दीपावलीमा सांस्कृतिक विविधता छ । तिहार कहिलेदेखि मनाउन शुरू गरियो ठ्याक्कै भन्न सकिन्न । तर यसको इतिहास लामो छ ।
 
यसको महङ्खव के छ ?
यमपञ्चकले मानिसको घुमन्ते युगदेखि अहिलेको सभ्य समाजसम्मको प्रतिनिधित्व गर्छ । हामी यम भन्नेबित्तिकै डरलाग्दो मुखाकृति भएको यमराज सम्झिन्छौं । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे तिहार अर्थात् भाइटीका । यसकारण यमपञ्चक नियम हो । नियम भनेको विधान र विधान धर्म हो । यमपञ्चकका यी ५ दिनले मानव जीवनको पाँचओटा मानव संस्कृतिको पाँचओटा शृंखला बताएको छ । मानव अहिलेको सभ्य र सुसंस्कृत समाजसम्म घुमन्ते युग, शिकारी युग, पशुपालन युग, कृषि युग हुँदै आइपुगेको हो । यमपञ्चकका ५ दिन यसका प्रतीक हुन् । काग तिहारले घुमन्ते युग, कुकुर तिहारले शिकारी युग, गाई तिहारले पशुपालन युग, गोरु तिहारले कृषि युग र भाइटीका अर्थात् मान्छे पूजाले सभ्य र सुसंस्कृत समाजको प्रतिनिधित्व गर्छन् । त्यसकारण यसको महŒव विशाल छ ।

तिहार पर्वको शुरुआत कसरी भयो ?
तिहारको पौराणिक र वैदिक गरी दुई कथा छन्, जुन कथामा भिन्नता छ । कात्तिक शुक्लपक्षको द्वितीयालाई यम द्वितीया मान्नुको पौराणिक कथामा यम र यमुनाको कथा छ । ऋग्वेदअनुसार यम र यमी दुई जुम्ल्याह दाजु बहिनी हुन्छन् । उमेरावस्था पुगेपछि बहिनी यमीले दाजुलाई वैवाहिक जीवनमा बाँधिन प्रस्ताव गर्छिन् । यस कथाले त्यतिबेलाको संस्कृति त्यस्तै हुन सक्ने पनि देखाउँछ । त्यसपछि यमले बहिनी यमीलाई दाजु बहिनी सम्बन्धमा बाँधिन नहुने भनेर सम्झाउँछन् । दाजु बहिनीको सम्बन्ध पवित्र हुने भन्दै उनले बहिनीलाई परपुरुष खोज्न सुझाव दिन्छन् । त्यसपछि दाजु बहिनीको पवित्र सम्बन्ध भएको स्पष्ट गर्न यमीले यसै दिनमा यमलाई टीका लगाइदिएको भनिन्छ । त्यस्तै अर्को पौराणिक कथाअनुसार तिनैलोकका शक्तिशाली बली राजालाई भगवान् विष्णुले झुक्काएर मत्र्यमण्डल आप्mनो अधीनमा लिएको कथा छ । विष्णुले मत्र्यमण्डल आप्mनो अधीनमा लिएपछि बलीले आपूm कहिले मत्र्यमण्डलमा आउन पाउने भन्ने सोधेपछि उनले यमपञ्चकका ५ दिन मत्र्यमण्डल आउन पाउने बताएका थिए । त्यसकारण असाध्यै धनी राजा बलिको स्वागतका लागि मत्र्यलोक गरीब छैन भन्ने देखाउन तिहारमा झिलिमिली गर्ने चलन चलेको हो । देउसी भट्याउँदा भनिने बली राजा भने अर्कै हुन् ।

देउसी खेल्ने चलन कसरी शुरू भयो ?
देउसी भट्याउँदा भनिने बलिराजा जुम्लाका राजा बलि हुन् । पूर्वमध्यकालमा खसराज्यको अन्त्य भएपछि जुम्लामा बलिराजको शासन चलेको थियो भन्ने इतिहास छ । काश्मिरबाट आएका चन्दननाथले उनलाई राजा बनाए भनिन्छ । घरदेश छाडेर तीर्थ हिँडेकी एक गर्भिणी जुम्लाको कल्लई गाउँमा आएर बास बसेपछि त्यहीँ बलिराजको जन्म भएको थियो । त्यसपछि काश्मिरबाट आएका चन्दननाथले उनलाई राजा बनाएको भनिन्छ । ती बलिराजले त्यो ठाउँमा भएका देवदास देवदासीलाई डुल्दै माग्दै खान अनुमति दिएर पठाएपछि देउसी भैलोको चलन चलेको थियो । 

सप्तरंगी टीकाको वैज्ञानिक कारण के होला ?
सप्तरंगी टीका सौर्य ऊर्जाको प्रतीक हो । सूर्य रथमाथि चढेको हुन्छ र सूर्यलाई सात फरक रङका घोडाले तानेका हुन्छन् । यही सौर्यशक्तिको रूपमा सप्तरंगी टीकाको विकास भएको हो । ज्ञान तेस्रो नेत्र हो, जुन नेत्रलाई सौर्य ऊर्जाले खोल्छ । ज्ञानको तेस्रो नेत्र खोल्न सप्तरंगी टीकाको चलन चलेको पाइन्छ । शुरूमा बेसार टाँसेर चामलको पीठो सप्तरंगी टीकाको रूपमा लगाउने गरिएकोमा आधुनिक टीकाको विकास र विस्तार धेरैपछि भएको हो । 

अहिले विकास भइरहेको देउसीको संस्कृतिलाई कसरी हेर्नु भएको छ ?
समयक्रमसँगै देउसी भैलो खेल्ने, अन्न र द्रव्य संकलन गर्ने, चन्दा उठाउन पठाएको पत्र जस्तो पैसा तोकेर पत्र पठाउने लगायत विकृति तिहारमा बढ्दै गएका छन् । अहिले कतिपयले यसलाई दबाब सृजना गरेर आर्थिक संकलन गरी माग्ने भाँडो बनाएका छन् । डेक–डिस्को संगीत बजाएर हाम्रो संस्कृतिको संरक्षण हुँदैन । देउसी हाम्रो मौलिक संस्कृति अनुसार खेलिनुपर्छ, चन्दा उठाउने परम्पराको विकास गर्न दिनु हुँदैन । यसरी संस्कृति नै लोप हुनेगरी मौलाएको विकृति त बहिष्कार गर्नुपर्छ ।
 
तिहारलाई धनसँग जोडेर पनि हेरिन्छ, यसको आर्थिक महङ्खवबारे बताइदिनुस् न ।
यसको आर्थिक महत्व छ । तिहारमा गाईलाई लक्ष्मीको रूपमा पूजा गरिन्छ । मानिसमा क्रयविक्रयको व्यापारिक विकास हुँदा शुरूमा गाईलाई द्रव्यको रूपमा प्रयोग गरिन्थ्यो । धनकी देवी लक्ष्मी भएकाले धनलाई लक्ष्मी पनि भनिन्छ र धनको रूपमा गाईको प्रयोग गरिएकाले पनि गाईलाई हालसम्म लक्ष्मीको रूपमा पूजा गर्ने चलन बसेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्