arthik abhiyan
ad banner

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल

Oct 30, 2019 
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार औपचारिक रुपमा मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको बताएको छ । यसअघि कप्तानमा पारस खड्का थिए । अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट खड्काले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

क्यानले उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिएको छ । यसअघि ज्ञानेन्द्र मल्ल टोलीका उपकप्तान थिए ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्