arthik abhiyan
ad banner

रिमा : हाउजिङ व्यवसायमा नयाँ अवधारणा

Oct 31, 2019 
१० वर्ष अघि
NA


विकसित देशमा रियल स्टेट मार्केटिङ एजेन्ट (रिमा) भनिने पेसा धेरै पहिलेदेखि चल्दै आएको भए पनि नेपालको सन्दर्भमा यो एकदमै नयाँ हो । यहाँ यसलाई पेसाको रूपमा बृहत् इन्भेस्टमेन्टले सुरु गराएको हो । हाउजिङ तथा घरजग्गा व्यवसायलाई मर्यादित र व्यवस्थित रूपमा अगाडि बढाउन यससम्बन्धी ज्ञान र जानकारी भएका एजेन्टको आवश्यकता टड्कारो छ । अर्थात् यो पेसालाई बेलैमा व्यावसायिक र मर्यादित बनाएर अघि बढाउनुपर्ने भएको छ । 

नेपालमा हालसम्म स्वयम् हाउजिङ डेभलपर्सले नै सोझै खरिदकर्तालाई घर बेचिरहेका छन् । र, दोस्रो खरिदकर्ताको हकमा पहिलो खरिदकर्ता वा अन्यबाट कारोबार हुँदा दोस्रो खरिदकर्ताले आफूले किन्न लागेको घरको सुविधा र बनोटको बारेमा यथार्थ जानकारी उपलब्ध नहुन सक्छ । यस कारण उपभोक्ता ओझेलमा पर्र्ने सम्भावना बढिरहेको छ । त्यही तथ्यलाई महसुुस गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रियल इस्टेट कारोबार होस् भनेर रिमाको अवधारणा ल्याइएको हो । दक्ष रियल इस्टेट मार्केटिङ एजेन्टबाट पारदर्शी रूपमा कारोबार गर्दा उपभोक्ताले यथार्थ जानकारी पाउन सक्छन् भने हाउजिङ घरजग्गा कारोबार तथा डेभलपर्सको व्यापारको दायरा पनि बढ्न जान्छ । 

यो पेसाको सुरुवात गर्नुको मुख्य उद्देश्य भनेको हाउजिङ व्यवसायको कारोबारलाई निश्चित प्रकारको आचारसंहितामा समेटेर पारदर्शी र व्यवस्थित बनाउनु हो । रिमाले हाउजिङ व्यवसाय र खरिदकर्ताको बीचमा रहेर मध्यस्थकर्ताको काम गर्छ ।

वर्ष ५, अंक ५, २०६६, असोज ५–२५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्