arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

छठपर्वको लागि बागमती किनारमा अस्थायी संरचना बनाइँदै (फोटो फिचर)

Oct 31, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

सूर्यदेवको पूजा आराधना गरी मनाइने छठपर्व बिहीवारदेखि शुरु भएको छ । छठपर्वका लागि काठमाडौंको गुह्यश्वरी मन्दिर नजिक बागमती किनारमा पूजा गर्न तथा व्रतालुहरुलाई बस्नका लागि अस्थायी संरचनाहरु बनाइदैछ । बिहीवारदेखि शुरु भएको छठपर्व शनिवार साँझ अस्ताउँदो सूर्यलाई र आइतवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न हुन्छ । यसका लागि बागमती किनारमा सरसफाइका साथै आवतजावतका लागि सहज होस् भनेर पुल तयार गर्न जनकपुरदेखि आएका ३५ जनाभन्दा बढी मजदूरले काम गरिरहेका छन् । विशेष गरी तराईमा मात्रै मनाइने यो पर्व विसं २०४६ सालदेखि पहाडी भेग र पछिल्लो समय हिमाली भेगमा समेत मनाउने गरिन्छ ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्