arthik abhiyan
ad banner

राज्यको उपस्थिति अनुभूत हुनुपर्छ 

Nov 1, 2019 
१० वर्ष अघि
NA


नेपालीहरूको सबभन्दा ठूला चाडपर्व दसैं–तिहार अनि क्रिसमस, रमदान, छठ र लोसारसमेत सघारमै छन् । तर, आम मानिसले चाडबाड नै मनाउन नसक्ने गरी महँगी आकासिएको छ । चिनी, चामल, तेल, दाललगायतका उपभोग्य वस्तुहरू बजारमा छैनन् । मुलुकमा सरकार नामको कुनै संयन्त्र अस्तित्वमा छ भनेर विश्वास गर्ने आधार नै जनताले भेटेका छैनन् । अहिलेको महँगी र अभावका अनेकौं सहायक पाटाहरू होलान्, अभावका अनेकौं सहायक पाटाहरू होलान् तर मूल कारण चाहिँ सिंहदरबारको पर्खालबाहिर सरकारको उपस्थिति कतै नदेखिनु नै हो ।

बजारको अस्तव्यस्ततामा मात्र होइन, वास्तवमा सरकारको उपस्थिति शून्यता मुलुकी प्रशासनका प्रायः सबै अंगमा समान ढंगले अनुभव गर्न थालिएको छ । सरकारमा बस्नेहरू जनतालाई क्षणिक राहत दिने उद्देश्यले झूट बोल्छन् र त्यो झूट केही दिन पनि नबित्दै उदांगो हुन्छ । अथवा, सरकारी संयन्त्रका केही नयाँ र आशालाग्दा कुरा सुरु गरेझैै गर्छ । त्यसलाई कुनै टुंगोमा नपुर्‍याई बीचमा तुहाइन्छ । सरकारी संयन्त्रका सञ्चालकहरूलाई पक्कै थाहा थियो दसैं–तिहार यही समयमा आउँछ, त्यही बेला खाद्यान्नलगायतका उपभोग्य सामानहरूको माग बढ्छ र आपूर्ति प्रणालीलाई त्यसैअनुरूप परिचालन गर्न आवश्यक हुन्छ । तर, यस्तो समय र आवश्यकताअनुरूपका व्यवस्था बिल्कुलै गरिँदैन । हरेक वर्ष, यही बेला अभाव चरम हुन्छ । यसपटक पनि आपूर्ति सुलभ पार्ने र महँगी नियन्त्रण गर्ने मन्त्रीहरूको वाचा झूटा साबित भए । 

सरकारले सवारीसाधनहरू न्यून बिजकीकरण (अन्डरइन्भ्वाइसमेन्ट) गरेर आयात गरिहने रहस्य  खुलेको कुरा निकै उत्साहपूर्वक प्रचार ग¥यो । तर, यस्तो न्यून बिजकीकरण नगर वास्तविक मूल्य नै उल्लेख गरेर अत्यन्त कम वस्तुहरू मात्र नेपालतर्फ आयात गरिन्छ भन्ने पनि सरकारलाई थाहा हुनुपर्ने हो ।               

(सम्पादकीयबाट)
वर्ष ५, अंक ५, २०६६, असोज ५–२५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्