arthik abhiyan
ad banner

भ्रमण वर्षको तयारी

Nov 1, 2019 
पाठक विचार
NA

 
पर्यटन क्षेत्रलाई गति दिन सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको निकै अघि हो । २०२० भन्दा अघि २०१८ लाई भ्रमण वर्ष बनाउने घोषणा भएको थियो । तयारी नपुगेको भन्दै नयाँ वर्ष तय गरिएको थियो । भएको छ । तर, अहिले पनि भ्रमण वर्षको तयारी राम्ररी हुन सकेको छैन । यसलाई स्थगित गर्न दिइएको सुझावलाई सरकारले वास्ता गरेन ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । तर, यसमा सरकार आफै विश्वस्त छैन । २० लाख पर्यटक नआए पनि यसको प्रतिफल केही वर्षपछि पक्कै पाउन सकिन्छ । भ्रमण वर्षका लागि विशेष तयारी भएको नदेखिएकाले यो कर्मकाण्डी पाराको हुने धेरैको आशंका छ । 

पहिलो कुरा हामीसँग पूर्वाधार छैन । नयाँ पूर्वाधार नबनाई भ्रमण वर्ष मनाउँदा त्यति प्रभावकारी नहुने निश्चित छ । पूर्वाधारविना पर्यटक भिœयाउन सकिँदैन । सडक यातायात र वायुसेवा प्रभावकारी हुनुपर्छ । हाम्रो पर्यटनको मुख्य बजार भारत र चीन हो । त्यहाँबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् र भ्रमण वर्षमा पनि बढ्नेछन् र तर हवाई भाडा महँगो छ । नेपालको वायुसेवाले धेरै उडान गर्न सकेको छैन । अर्थात् प्रशस्त पर्यटक बोकेर ल्याउन सक्ने हैसियतमा छैन नेपाल वायुसेवा निगम । त्यसैले अरू देशको हवाइ सेवाको भरमा हामी पर्यटन व्यवसाय चलाइरहेका छौं । 

भएका पूर्वाधारको अवस्था पनि सन्तोषजनक छैन । एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा जाम हुने गरेको छ । पर्यटकहरूको भ्रमण तालिका नै प्रभावित हुने गरी विमान सेवा सञ्चालन हुने गरेकाले यसबाट पर्यटक नेपाल आउन उत्साहित नभएका हुन् । 

नेपालको प्राकृतिक र सांस्कृतिक विशेषता र सुन्दरता सुनेर आएर पर्यटक यहाँको वातावरण देखेर आत्तिने गरेका छन् । विमानस्थलकै अव्यवस्थाले सकारात्मक सन्देश र प्रभाव दिन सकेको छैन । त्यस्तै भ्रमण वर्षमा सकारात्मक सन्देश दिने हो भने सडक ट्राफिक जाम र प्रदूषण न्यूनीकरण गर्नुपर्छ । ठूला शहरका सार्वजनिक यातायातलाई व्यवस्थित गरिनुपर्छ । 

पर्यटनको प्रचारका लागि नयाँ प्रविधिमा जानुपर्छ । तर, प्रचार रणनीति उपयुक्त देखिएको छैन । । पर्यटनको प्रचारका लागि दूतावासहरूलाई बढी सक्रिय पार्नुपर्छ । उनीहरूलाई बजेट पनि पर्याप्त उपलब्ध गराइनुपर्छ ।

पर्यटकलाई दिनुपर्ने सुविधा दिन सकिएको छैन । पर्यटन क्षेत्रमा शौचालयको राम्रो व्यवस्था छैन । विदेशीहरूले खाना खाने ठाउँमा पहिला हेर्ने भनेकै शौचालय हो । तर, भएका शौचालय समेत सफा छैनन् । यस्ता साना कुराले पनि पर्यटनमा निकै ठूलो अर्थ राख्छ । 

पर्यटनको विकास र विस्तारका लागि झोले र गुणस्तरीय दुवै पर्यटक चाहिन्छ । त्यसै अनुसार पर्यटक भित्र्याउने रणनीति तय गरिनुपर्छ । भ्रमण वर्षको तयारी हेर्दा निकै कमजोरी देखिन्छ । 

राजेश अधिकारी
कलंकी, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्