arthik abhiyan
ad banner

मोमेन्टोमा नयाँ साझेदार

Nov 3, 2019 
१० वर्ष अघि
NA


निर्यातमा आएको कमीका कारण नेपाली तयारी पोसाक उद्योगहरू धराशयी भइरहेको बेला झापाको मोमेन्टो एपरेल्सले भने आफ्नो आन्तरिक क्षमता विस्तार गर्ने भएको छ । देशकै सबैभन्दा ठूलोमध्येमा गनिने सो कम्पनीले विदेशी साझेदार फेला पारेपछि क्षमता विस्तार गर्न लागेको हो । 

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको स्वामित्वमा रहेको सो उद्योगको ५० प्रतिशत सेयर गैरआवासीय नेपाली भुवन भट्टले हालै खरिद गरेका छन् भने एउटा भारतीय कम्पनी पनि साझेदार बन्ने प्रयासमा छ । सो उद्योगबाट उत्पादित सम्पूर्ण तयारी पोसाक खरिद गर्ने सम्झौता गरिसकेको भारतीय कम्पनी लिवरपुल रिटेल्स इन्डियाले ३३ प्रतिशत सेयर खरिद गर्नेबारेमा छलफल सुरु भएको छ । त्यसैबारेमा छलफल गर्न लिवरपुलका प्रमुख विजयसिंह शनिवार नेपाल आएका छन् । ‘लिवरपुलले ३३ प्रतिशत सेयर खरिद ग¥यो भने हामी तीन जनाको (ढकाल, भट्ट र लिवरपुलको) ३३–३३ प्रतिशत सेयर रहनेछ ।’ ढकालले अभियानसँग भने । दसैंअगाडि मोमेन्टोको ५० प्रतिशत सेयर खरिद गरेका भट्ट द भोजन इन्टरनेसनल (टीबीआई) नामक कम्पनीका प्रमुख हुन् । जुन कम्पनीले जापानलगायतका विभिन्न देशमा टीबीआईको नामबाट रेस्टुरेन्ट तथा होटलहरू खोलेको छ । 

उता उत्पादित सम्पूर्ण तयारी पोसाक लिवरपुलले खरिद गर्ने भएपछि मोमेन्टो बजार नपाउने चिन्ताबाट मुक्त भएको छ । अब मोमेन्टो आन्तरिक सुदृढीकरणमा लाग्ने जानकारी ढकालले दिए । त्यसका लागि समेत लिवरपुलले सहयोग गर्ने भएको छ । 
 
वर्ष ५, अंक ५, २०६६, असोज ५–२५
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्