arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सकियो छठ पर्व, गुह्येश्वरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गर्दा यस्तो देखियो (फोटो फिचर)

Nov 3, 2019  
फोटो फिचर Slider
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १७, काठमाडौं । आइतवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएको छठ पर्वको तेस्रो दिन अर्थात् शनिवार साँझ अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली भेगमा पनि मनाइने गरिन्छ ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शंखमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली जस्तै सिंगारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिंगारिएको थियो । यी छठघाटमा लाखौं भक्तजनले शनिवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यदिएका थिए । तिनै भक्तजनले आइतवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपापना पर्व अन्त्य गरेका छन् ।

तस्वीरहरु : प्रदीपकुमार श्रेष्ठ/आर्थिक अभियान

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्