arthik abhiyan
ad banner

सजिवनबाट बायोडिजेल उत्पादन

Nov 4, 2019 
१० वर्ष अघि
NA

विगत केही वर्षदेखि नेपालले पेट्रोल तथा डिजललगायतका इन्धनको अभाव र चर्को मूल्यको समस्या भोग्दै आएको छ । यसको प्रत्यक्ष असर मुलुकको उत्पादन, यातायातदेखि दैनिक जीवन गुजारासम्म परेको छ । नेपालका सडकमा गुड्ने सवारीसाधनको संख्या हाल आठ लाखको हाराहारीमा पुगिसकेको छ । पटकपटकको इन्धन अभाव र समस्याका बावजुद पनि यो संख्या प्रत्येक वर्ष १० प्रतिशतले बढ्दै गएको छ । हाल सञ्चालनमा रहेकामध्ये सात लाखभन्दा बढी सवारीसाधनको सञ्चालन पेट्रोल र डिजेललगायतका लागि नेपालमा हाल डिजेलमात्र वार्षिक ३६ करोड लिटर खपत हुने गरेको छ । नेपालमा इन्धन खानीको पनि बेलाबेलामा चर्चा हुने गरेको भए तापनि प्राविधिक तथा आर्थिक कठिनाइले त्यसको उत्खनन अझसम्म सम्भव हुन सकेको छैन । यही अनुपातमा खनिज इन्धनको खपत हुँदै जाने हो भने आगामी ५० वर्षमा सम्पूर्ण खनिज इन्धनको स्रोत रित्तिने सम्भावनालाई दृष्टिगत गरी विश्वका धेरै देशले यसको विकल्पका रूपमा जैविक इन्धनको उत्पादनलाई प्राथमिकता दिँदै छन् । ती देशमा खनिज इन्धनलाई क्रमशः विस्थापित गर्ने नीति अवलम्बन गर्न थालिएको छ । 

वनस्पतिको बीउ र दानाबाट निकालिएको तेलको प्रशोधनबाट निस्कने फ्याट्टी एसिड मिथाइल इस्टरलाई बायोडिजेल भनिन्छ । यसबाट खनिज डिजेलबाट चल्ने प्रायः सबै किसिमका सवारीसाधन तथा इन्जिनहरू सञ्चालन हुन सक्छन् । नेपालमा पनि बायोडिजेलको उत्पादन सुरु गरी सम्भव भएसम्म खनिज इन्धनको प्रयोगलाई विस्थापित गर्नुपर्ने आवश्यकता छ । 

वर्ष ५, अंक ६, २०६६, असोज २६–कात्तिक २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्