arthik abhiyan
ad banner

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १८ कात्तिक २०७६)

Nov 4, 2019 
लेख | दृष्टिकोण
Image Not Found

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । चालू आवको ३ महीनामा कम्पनीको नाफा ५८ प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीले रू. ४ करोड २० लाख कमाएको हो । गत आवको पहिलो त्रैमासमा रू. २ करोड ६४ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख छ । रिजर्भ कोषमा रू. १७ करोड २९ लाख छुट्ट्याएको छ । प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ४३, मूल्य आम्दानी अनुपात २५ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ५२ छ । आइतवार कम्पनीको शेयरमूल्य रू. १ हजार ७०१ कायम भएको छ । सो दिन कम्पनीको ८२६ कित्ता शेयर खरीदविक्री भएको हो । 

कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिन ब्ल्याक मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५४ दशमलव ६० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १८ दशमलव ६४ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखालाई १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । आइतवारको शेयरमूल्य रू. १ हजार ७०१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ७४९ मा प्रतिरोध र सस्तिएमा रू. १ हजार ६८० मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्