arthik abhiyan
ad banner

विनिमययोग्य उपकरणहरूको प्रयोग बढाऊ

Nov 5, 2019 
१० वर्ष अघि
NA


नेपालीहरूको प्रमुख चाडको मौसममा बजारमा ठूला दरका पर्याप्त नोट आपूर्ति भएनन् । एउटा सार्वभौम मुलुक र त्यो मुलुकको मुद्रा व्यवस्थापनको जिम्मेवारी लिएर बसेको नेपाल राष्ट्र बैंक दुवैका लागि यो अत्यन्त लज्जास्पद विषय हो । यस्तो अवस्था सिर्जना हुनुमा बारम्बार हुने केन्द्रीय बैंकको  गभर्नर परिवर्तन, गभर्नर परिवर्तनसँगै गरिने नोट छपाइ कम्पनीको परिवर्तन र भएको स्रोतलाई व्यवस्थापन गर्न उदास खासगरी केन्द्रीय बैंक र वित्तीय प्रणालीका निर्णायकहरूको अक्षमताको समुच्च परिणाम  यो अभाव थियो । केही पनि सार्थक उपस्थिति देखाउन नसकेको वर्तमान सरकारले यो समस्यामा एउटा छानबिन समितिजस्तो गठन गरेर आफ्नो लाज छाप्ने प्रयास गरेको छ । यस्तो प्रदर्शनमुखी कार्यले यो प्रकृतिको समस्याको भरपर्दो समाधान निस्कन सक्दैन भन्ने कुरा प्रष्टै छ । यो र यस्ता राजनीतिक तहसम्मले जिम्मेवारी लिनुपर्ने राष्ट्र बैंकलगायतका निकायहरूको संस्थागत समग्र विकास र सबै तहमा पेसाजस्तो संवेदनशील विषयमा अतिरिक्त आपतकालीन योजना आवश्यक हुने कुराको महत्व अनुभूत हुनुपर्ने पक्ष आफ्नो ठाउँमा छ । मुलुकले यी सबै कोणबाट उचित समाधानका लागि पहल गर्न सुरु गरिहाल्नुपर्छ ।

यसका अतिरिक्त यो नोट अभावले हाम्रो वित्तीय प्रणालीका दुई प्रमुख कमजोरीहरूलाई सतहमा ल्यायो । पहिलो, देशको वित्तीय संरचनाका प्रमुख सरोकारवाला निकाय र संगठनहरूबीचको समन्वय र सहकार्यको अभाव । राष्ट्र बैंकलाई थाहा थियो, रातारात नोट छपाइ गराएर ल्याउन सकिँदैन । त्यसैले उसले नोट मौज्दातको अवस्थाबारे समयमै सरकार, बैंकहरू र व्यापारिक छाता संगठनहरूलाई वास्तविक अवस्थाको जानकारी दिएर वैकल्पिक उपायहरूको अवलम्बन गर्न सक्नुपथ्र्यो ।                  

(सम्पादकीयबाट)
वर्ष ५, अंक ६, २०६६, असोज २६–कात्तिक २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्