arthik abhiyan
ad banner

इटहरीमा बहुवर्षे सडकको शिलान्यास

Nov 5, 2019 
यातायात
NA


इटहरी । इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको सोमवार नगरप्रमुख द्वारिकलाल चौधरीले शिलान्यास गरेका हुन् ।

नगरप्रमुख चौधरीले १ वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए । नगर उपप्रमुख लक्ष्मी गौतमले ‘नो कमिशन, नो करप्शन’ नीति अवलम्बन गरी उक्त सडक निर्माण गरिने बताइन् । सडक निर्माणपछि नगरबस सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्