ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिगात्से व्यापार मेलाका संकेतहरू

Nov 6, 2019  
१० वर्ष अघि
NA


नेपाल तिब्बत आर्थिक तथा व्यापारिक मेला २००९ हालै तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेमा सम्पन्न भएको छ । कूल ५८ वटा नेपाली व्यापारिक फर्महरू उक्त मेलामा सहभागी थिए । धातुका मूर्ति, काठका सामग्री, चाँदीका गहना र अन्य सामग्री, ऊनी, गलैंचा, पश्मिनाका सामग्री, प्लास्टिकका वस्तु, चिउरा, बिस्कुट, मैदाजस्ता  खाद्यपदार्थ, सुती तथा ऊनका सामग्री,  कपडा, मसला, ढाका, पोते, झोला, अचार, जडिबुटी, चक्लेट, चटाई, धातुका गहना, धातुको औजार, पोलिमार्वलका उत्पादन, सिगिंङ बाउल, कुखुराको दाना, टुथपेस्ट, क्यान्डी मह, साबुन, स्याम्पु, फलफूलको रस, आदि नेपाली वस्तुहरू प्रदर्शनीमा राखिएका थिए । दैनिक दश हजार मानिस   सहभागी भएको सो मेला अत्यन्त सफल भएको संयोजनकर्ताको दाबी छ । 

प्रदर्शनीमा राखिएका वस्तुहरू छोटो अवधिमा नै बिक्री भइसकेको बताइन्छ । फलस्वरूप बजारका बारेमा नेपाली उद्योगपति र निर्यातकर्ताहरूलाई निकै राम्रो ज्ञान प्राप्त भएको छ । यो मेला तिब्बतका लागि मात्रै हैन, पूरै चिनिया बजारलाई बुझ्ने आँखी झ्याल हो । लामो समयदेखि चीनसँग बढ्दै गएको नेपालको व्यापार घाटा कम कसरी  गर्न सकिन्छ भनेर पनि सबैलाई शिक्षा यो मेलाले दिएको छ । यस्ता व्यापार मेलाहरूमार्फत प्राप्त हुने बजारलाई दिगो बनाउन सक्ने हो भने तिब्बत नै पनि नेपालको आर्थिक समृद्धिको बलियो आधार हुन सक्छ ।

नेपाली स्टलहरूमा चिनियाहरूको घुइँचो थामी नसक्नु थियो । प्रदर्शनीमा राखिएका सामग्रीहरूमध्ये अधिकांश मेला सुरु भएको दुईतीन दिनमा नै बिक्री भई स्टल नै खाली राख्नुपर्ने अवस्था भएको थियो । केही व्यापारीहरूले भविष्यका लागि अर्डर पनि पाएका छन् । यसरी अर्डर गरिएका वस्तुहरूमा काठका सामग्री, कार्पेट, धातुका सामग्री, विजयसालबाट बनेका भाँडाकुँडा रहेका छन् । 

वर्ष ५, अंक ६, २०६६, असोज २६–कात्तिक २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्