arthik abhiyan
ad banner

अझै तोकिएन चार्जिङ स्टेशनको महसुल

Nov 6, 2019 
विविध
NA


काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन शुरू भए पनि सरकारले चार्जिङ स्टेशनका लागि महसुल तोकेको छैन । विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरू उपभोक्ताले जतिकै महसुल बुझाउनुपरेको छ । पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय बसलाई प्रोत्साहन गर्ने गरी चाँडो महसुल निर्धारण हुनुपर्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्