arthik abhiyan
ad banner

प्यूठान जिल्ला अस्पतालमा चिकित्सकको अभाव

Nov 6, 2019 
विकास
Image Not Found
author avatar राजेश जीसी


प्यूठान । प्यूठान जिल्ला अस्पतालमा दरबन्दी अनुसार चिकित्सकको अभाव भएको छ । १४ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा तीन जनाको पदपूर्ति छ । उपलब्ध डाक्टर समेत बिदामा बस्दा बिरामीको उपचारमा समस्या भएको प्यूठान अस्पतालका व्यवस्थापक राजन घिमिरेले बताए ।

‘अस्पतालमा अहिले एक जना पनि डाक्टर छैनन्,’ घिमिरेले भने, ‘मेडिकल सुपेरिटेन्डेन्ट नहुँदा औषधि खरीद गर्न समेत सकिएको छैन ।’ अस्पतालमा कार्यालय सहयोगी सहित ५४ जनाको दरबन्दी भए पनि हाल २७ जना मात्र रहेको उनले बताए । अस्पतालमा चिकित्सक नहुँदा बिरामीहरू सामान्य उपचारका लागि पनि निजी क्लिनिक तथा जिल्ला बाहिरका अस्पताल धाउन बाध्य छन् । 

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा उपलब्ध उपकरणहरू सञ्चालन गर्न नसकिएको र बिरामीलाई बाहिर रेफर गर्नुपरेको व्यवस्थापक घिमिरेको भनाइ छ । समस्याबारे प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयलाई जानकारी गराइए पनि सुनुवाइ नभएको गुनासो उनले गरे । ‘न चिकित्सक आए, न मेडिकल सुपेरिटेन्डेन्ट,’ उनले भने, ‘अस्पतालमा औषधि समेत नहुँदा बिरामीले बाहिरबाट किन्नुपरेको छ ।’

अस्पतालमा एघारौं तहको एक जना मेडिकल सुपेरिटेन्डेन्ट, १०औं तहका आठ जना कन्सल्टेन्ट, एक जना खरिदार, एक जना बेहोश पार्ने प्राविधिक, एक जना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेन्ट र एक जना डेन्टल हाइजेनिस्टको दरबन्दी भए पनि सबै खाली छ । चिकित्सक अभावले दन्त, शल्यक्रिया, शवको पोस्टमार्टम लगायत सेवा प्रदान गर्न समस्या भएको छ । अहिले निक साइमन (एनएसआई)का दुई जना मेडिकल अफिसर र स्वास्थ्य मन्त्रालयका एक जना एमबीबीएस डाक्टर गरी तीन जना करार चिकित्सकले सेवा दिएको घिमिरेले बताए । अस्पतालमा प्यूठानका साथै छिमेकी जिल्लाहरू अर्घाखाँची, गुल्मी र रोल्पाबाट समेत बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्