arthik abhiyan
ad banner

औषधोपचार बीमासहित ‘एनएमबी समृद्ध गण्डकी बचत’ खाता 

Nov 7, 2019 
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । एनएमबी बैंकले गण्डकी प्रदेश केन्द्रित ‘एनएमबी समृद्ध गण्डकी बचत’ खाता घोषणा गरेको छ । साविकको एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच भएको मर्जरका अवसरमा एनएमबीले गण्डकी प्रदेशका ग्राहक लक्षित गरी नयाँ बचत खाता घोषणा गरेको हो । खातावालाको श्रीमान्/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँसम्मको औषधोपचार बीमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमासहितका विशेषताको यस खातामा भएको बैंकले बताएको छ । 

उक्त खातामा एनएमबी डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ । यो बचत खाताअन्तर्गत विभिन्न विक्री केन्द्रमा एनएमबी डिलाइड डेबिट र क्रेडिट कार्डबाट छूट प्राप्त गर्न सकिने बैंकले बताएको छ । त्यस्तै एनएमबी बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छूटसहितका अन्य लाभ पनि प्राप्त सकिने बैंकले जानकारी दिएको छ । एनएमबी बैंक शाखाका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा ठूलो बैंक हो, गण्डकीमा बैंकका कुल ३९ शाखा छन् । बैंकले देशभरि १६३ शाखा, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । एनएमबी र ओमले असोज ११ गतेबाट एनएमबी बैंकको नामबाट संयुक्त कारोबार शुरू गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्