arthik abhiyan
ad banner

बैंकिङ कसुरका दोषी पक्राउ

Nov 7, 2019 
विविध
NA


काठमाडौं । बैंकिङ कारोबारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौंको साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई बुधवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोबारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रू. २६ लाख ७५ हजार जरीवाना हुने फैसला सुनाइएको थियो । फरार अधिकारीलाई पक्राउ गरीे जिल्ला अदालत चितवनमा पेश गरिएकामा बुधवार नै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्