arthik abhiyan
ad banner

मुद्दती निक्षेपमा रू. १ अर्ब ६३ करोड लगानी गर्दै राष्ट्र बैंक

Nov 7, 2019 
समाचार
Image Not Found

कात्तिक २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रू. १ अर्ब ६३ करोड ९४ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम २०७६ मङ्सिर १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो । सो निक्षेपको ब्याज भुक्तानी भने बैंकले त्रैमासिक रुपमा गर्नुपर्ने छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमा रू. १ अर्ब ३१ करोड १६ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकमा रू. २४ करोड ५९ लाख र वित्त कम्पनीमा रू. ८ करोड १९ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो । उक्त लगानीको लागि तोकिएका बैंक तथा वित्तीय संस्थाले शुक्रवार दिउँसो १ बजेभित्र लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाई नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा आफ्नो प्रस्ताव पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्