arthik abhiyan
ad banner

अमेरिका–चीन व्यापार सम्झौता हुने आशामा बढ्यो तेलको भाउ

Nov 7, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २१, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासँगको व्यापार सम्झौतामा प्रगति भएको चीनले संकेत गरपछि बिहीवार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार विवादका कारण विश्वको आर्थिक वृद्धिदर र तेलको मागमाथि दबाब सृजना भएको थियो । विगत २ हप्तायता भएका वार्तामा बढाइएको अतिरिक्त कर विभिन्न चरणमा हटाउँदै जानेबारे अमेरिका र चीनले सहमति गरेको बिहीवार चिनियाँ वाणिज्य मन्त्रालयले बताएको थियो । यद्यपि, मन्त्रालयले यसको समयसीमा भने दिएको छैन ।

विश्वका २ ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धका कारण तेलको माग घटाउन विश्लेषकहरु बाध्य भएका थिए । अमेरिका र चीनबीचको व्यापार सम्झौतामा ढिलाई हुने चिन्तामा बुधवार भने तेलको भाउ घटेको थियो । ‘तर आज (बिहीवार) भने उनीहरुबीच फ्रेमवर्कबारे केही सहमति भएको समाचारले दिनको शुरुआती फरक तरिकाले भएको छ,’ पेट्रोम्याट्रिक्समा तेल विश्लेषक ओलिभर ज्याकोभले भने । यसैले तेलको भाउलाई टेवा दिइरहेको उनको भनाइ छ ।

बिहीवार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ५७ सेन्टले बढेर ९ः३० जीएमटीमा ६२ डलर ३१ सेन्टमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइलको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ४८ सेन्टले बढेर ५६ डलर ८३ सेन्टमा पुगेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ५ः०४ बजे अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ६२ डलर ९३ सेन्ट थियो । उता, सोही समयमा अमेरिकी बेञ्चमार्क डब्ल्यूटीआईको भाउ पनि ५७ डलर १२ सेन्ट थियो ।

चीनबाट आएको अभिव्यक्तिले लगानीकर्ताहरुको मनोबल बढाएको हो । अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांकले गत हप्ता त्यहाँको कच्चा तेल सञ्चिति बढेको देखाएपछि बुधवार भने तेलको भाउ घटेको थियो । अमेरिका र चीनले छिट्टै नै सम्झौताको मिति तय गरेनन् भने तेलको भाउ दबाबमा आउने ब्रोकरेज कम्पनी ओन्डाका विश्लेषक क्रेग एर्लामले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच सम्झौतामा हस्ताक्षर गर्न हुने भेटघाट डिसेम्बरसम्म थाँती राखिने एक समाचारमा बुधवार रोयटर्सले बताएपछि तेलको भाउ घटेको थियो । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र ओपेक बाहिर रहेका रुस लगायत देशहरुले उत्पादन कटौती गरेकोले यस वर्ष ब्रेन्ट क्रुडको भाउ १५ प्रतिशतले बढेको छ । एजेन्सी

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्