arthik abhiyan
ad banner

इटालीमा ५ हजार कर्मचारीको भविष्य अन्यौलमा

Nov 7, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २१, रोम (इटली) । स्टिल उत्पादक कम्पनी आर्सेलोर–मित्तलले इटालीको स्टिल कम्पनी इल्भा किन्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ । मित्तल समूहको नयाँ प्रस्तावका कारण सो कम्पनीमा कार्यरत पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा परेको इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेले बताएका हुन् । आर्सेलोर–मित्तलीले इटालीको इल्भा प्लान्ट खरीद नगर्ने निर्णय गरेको छ, र यसको जानकारी इटाली सरकारलाई गराएको छ । मित्तल समूहले इल्भाको सर्वाधिक प्रदूषण फैल्याउने टारान्टो स्टिल प्लान्ट बन्द गर्न अनुरोध गरेको थियो, तर इटाली सरकारले स्थानीयको रोजगारी गुम्ने भन्दै उक्त प्लान्ट बन्द नगर्न मित्तल समूहलाई पत्र लेखेको छ ।

इटालीका प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएसँगै हजारौंको रोजगारी धरापमा परेको छ । ‘मित्तल समूहले लगानी बमोजिम नाफा गर्न नसकिने भएकाले पाँच हजार रोजगारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ । तर यो हाम्रा लागि स्वीकार्य छैन ।’ आर्सेलोर–मित्तल समूहसँगको वार्तापछि प्रधानमन्त्री कोन्टले भने । यद्यपि, उनले आर्सेलोर–मित्तल पुनः वार्तामा आउने र सम्झौता हुने विश्वास भने व्यक्त गरेका छन् । आर्सेलोर–मित्तलले गत वर्ष नोभेम्बरदेखि नै यो प्लान्ट खरीद गर्ने योजना अघि बढाएको थियो ।

टारान्टो स्टिल पाल्टको पुनरुत्थानका यसले लागि करीब २ अर्ब ७० करोड डलर लगानी गर्ने योजना बनाएको थियो । सन् २०२४ सम्ममा प्रदूषण नियन्त्रणका लागि १ अर्ब २० करोड डलर खर्च गर्ने योजना पनि थियो । इटालीको दक्षिणमा रहेको टारान्टो स्टिल प्लान्ट विगतदेखि नै विवादको घेरामा तानिएको छ । विज्ञहरुका अनुसार प्लान्टबाट निस्कने घातक प्रदूषणका कारण यस प्लान्ट आसपासका करीब ७ हजार ५०० मानिसको मृत्यु भएको छ । युरोपकै ठूलो मानिएको यस प्लान्टमा ८ हजारभन्दा बढी कामदार कार्यरत छन् । रासस/एफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्