arthik abhiyan
ad banner

सुन प्रति दश ग्रामको मूल्य २५ हजार नाघ्यो

Nov 8, 2019 
१० वर्ष अघि
NA

अघिल्लो साताको तुलनामा गत साता कोमेनको कारोबार संख्यामा ह्रास आएको छ । अघिल्लो साता विभिन्न वस्तुका जम्मा ३ सय ९३ कारोबार भएकामा गत साता ३ सय ८३ कारोबार भए । गोल्ड सेप्टेम्बर मिनि कन्ट्रयाक्टमा सोमबार बजार खुल्दा प्रति दशग्राम २५ हजार एक सय ५८ रुपैयाँ मूल्य रहेकोमा शुक्रबार बजार बन्द हुँदा सो बढेर २५ हजार ३ सय १८ रुपैयाँ पुगेको थियो । साताभर यसको सबैभन्दा उच्च मूल्य मंगलबार र शुक्रबार २५ हजार ४ सय ४८ थियो भने न्यूनतम मूल्य बिहीवार २४ हजार ८ सय ७८ पुगेको थियो ।

गोल्ड सेप्टेम्बर कन्ट्रयाक्टमा भने सोमबार बजार खुल्दा २५ हजार १ सय ६३ रुपैयाँ मूल्य रहेकामा शुक्रबार बजार बन्द हुँदा सो बढेर २५ हजार ३ सय २५ भयो ।  साताभर यसको सबैभन्दा उच्च मूल्य मंगलबार र शुक्रबार २५ हजार ४ सय ५४ थियो भने न्यूनतम मूल्य बिहीवार २४ हजार ८ सय १४ पुगेको थियो । सिल्भर नोवेम्बर कन्ट्रयाक्टमा सोमबार बजार खुल्दा ४१ हजार ८ सय १४ रुपैयाँ मूल्य रहेकामा शुक्रबार बजार बन्द हुँदा सो बढेर ४३ हजार ५ सय ६६ भयो ।  साताभर यसको सबैभन्दा उच्च मूल्य शुक्रबार ४३ हजार ५ सय ६६ थियो भने न्यूनतम मूल्य बिहीवार ४१ हजार ६ सय ७३ पुगेको थियो । सिल्भर नोवेम्बर मिनि कन्ट्रयाक्टमा भने सोमबार बजार खुल्दा ४१ हजार ७ सय ९८ रुपैयाँ मूल्य रहेकामा शुक्रबार बजार बन्द हुँदा सो बढेर ४३ हजार ९० भयो ।

वर्ष ५, अंक४, २०६६, भदौ २९–असोज ४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्