arthik abhiyan
ad banner

टालटुले सुधार

Nov 8, 2019 
सम्पादकीय
NA

बुधबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पत्रकार सम्मेलनमार्पmत निगमको अन्तरराष्ट्रिय उडान विस्तार र अल्पकालीन सुधारका योजना सार्वजनिक गरे । वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहकले आगामी ४ महीनाभित्र तीन अन्तरराष्ट्रिय गन्तव्यमा उडान शुरू गर्ने उनले बताए । दुईओटा वाइड बडी विमानलाई पूर्णरूपमा सञ्चालन गर्न नसकी विमान किन्दाको किस्ता तिर्न नसकेकाले निगम व्यवस्थापनको निकै आलोचना भइरहेको छ । यस्तोमा निगम व्यवस्थापनले खर्च कटौती गर्ने टालटुले योजना सार्वजनिक गरेको छ ।

व्यवसाय विस्तार गरेर मात्रै निगमलाई बचाउन सकिन्छ, खर्चमा केही नियन्त्रण गरेर होइन । निगमको सञ्चालन खर्च बढी छ । यस्तोमा वार्षिक २ अर्ब रुपैयाँ जोगाउँदा निगमलाई थोरै राहत होला तर संकटबाट मुक्ति पाउन भने कुनै भूमिका खेल्नेछैन । खर्च नियन्त्रण गर्न निगम व्यवस्थापन सफल भयो भने पनि सुधारको सानो पक्ष मान्न सकिन्छ । तर, वित्तीय संकटमा फसिसकेको र ३७ अर्ब ऋण बोकेको संस्थालाई यस्तो टालटुले सुधार होइन, साहसिक खालको सुधारको आवश्यकता छ । सरकार र निगमले अघि सारेको सुधारको योजना हेर्दा त्यस्तो सुधार भइहाल्ने अपेक्षा भने गर्न सकिँदैन ।

उडान विस्तारसँग निगमको व्यवस्थापन चुस्त पनि हुनुपर्छ । त्यस्तै बजारीकरणमा पनि निगम अब्बल देखिनुपर्ने हो । तर, समयमा नउड्ने, कम यात्रु भए भनेर उडान नै स्थगित गर्ने जस्ता पुराना रोगबाट निगम मुक्त हुन सकेको छैन ।

जापानको ओसाका उडानबाट उत्साहित नेवानिले त्यहाँका अन्य शहरमा पनि उडान विस्तार गर्ने नीति लिएको छ । तर, निगमले दाबी गरेजस्तो त्यहाँबाट मुनाफा भएको भने देखि“दैन । तैपनि जापान सकारात्मक रहेकाले त्यहाँका थप गन्तव्यमा उडान हुन सक्छ । चीनको क्वाङचाउको उडान भने कार्यकारी अध्यक्षले दाबी गरे अनुसार भइहाल्नेमा आशंका छ । चिनियाँ पक्षले विभिन्न बहाना गर्दै उडान अनुमति दिन ढिलाइ गरेकामा विश्वसनीय थप आधार केही पनि बनेको देखि“दैन ।

उडान विस्तारसँग निगमको व्यवस्थापन चुस्त पनि हुनुपर्छ । त्यस्तै बजारीकरणमा पनि निगम अब्बल देखिनुपर्ने हो । तर, समयमा नउड्ने, कम यात्रु भए भनेर उडान नै स्थगित गर्ने जस्ता पुराना रोगबाट निगम मुक्त हुन सकेको छैन । त्यसो त आन्तरिक उडानमा यात्रुले टिकट नपाएको र विमान रित्तै उडेको गुनासो पनि आइरहेको छ । जनताले निगमलाई माया गरेर पनि निगमको अव्यावसायिक कार्यशैलीमा भने सुधार आउन नसकेको देखिन्छ ।

कम तेल बोक्ने, सस्तो ठाउँमा तेल किन्ने जस्ता सामान्य सुधारका कुरा निगमले उठाएको छ । त्यस्तै इन्जिनीयरिङ खर्च जोगिएको पनि निगमको दाबी छ । तर, इन्जिनीयरिङकै काममा निगममा प्रशस्त भ्रष्टाचार हुने गरेको समाचार विगतमा प्रशस्त पाइन्थे । अहिले निगमले गरेको गरेको दाबी पत्याइहाल्ने ठोस काम भएको भने छैन । यस्तोमा केही काम गरेको जस्तो देखाउन निगमको व्यवस्थापन सफल त होला तर वास्तविक सुधार भने आउन सक्ने देखि“दैन ।

निगममा व्यावसायिक संस्कृतिको अभाव नै ठूलो समस्या हो । त्यसलाई सुधार गर्न निगम व्यवस्थापनले कहिल्यै चासो दिएन । त्यसैले निगमको उच्च व्यवस्थापनलाई मुलुकको राजनीतिक नेतृत्वले समेत पत्याउन सक्ने अवस्था देखि“दैन ।

निगमको सुधारका लागि पर्यटनमन्त्री योगेश भट्टराईले कार्यदल नै गठन गरेका थिए । निगमको सुधारका लागि गठित यो कार्यदल सातौं हो । तर, विगतमा ६ ओटा कार्यदलका सुझाव आजसम्म लागू भएनन् । अघिल्ला कार्यदलको सुझावसमेत अध्ययन गरेर कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न आ“टेको देखि“दैन । निगमलाई दुहुनो गाई बनाइरहन पाइने लोभका कारण नै सरकारले सुधारका लागि साहसिक निर्णय लिन नसकेको धेरैको ठम्याइ छ ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउ“दै छ । यसको सफलताका लागि राष्ट्रिय ध्वजावाहक विमान कुशल व्यवस्थापनका साथ बढीभन्दा बढी अन्तरराष्ट्रिय गन्तव्यमा पुग्नु अपरिहार्य छ । अतः निगमको दीर्घकालीन सुधारका लागि सरकारले हस्तक्षेप गर्नु आवश्यक भइसकेको छ । त्यसैले निगम सुधारका लागि गठित पछिल्लो कार्य दलको सुझावलाई कार्यान्वयन गर्न सरकारले साहस गर्न सक्नुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्