arthik abhiyan
ad banner

‘भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य’

Nov 8, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालका भूमि परेकोमा त्यो नक्सा अस्वीकार गर्ने सरकारका प्र्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले एकपक्षीय रूपमा जारी भएको नक्सालाई अस्वीकार गर्ने र कूटनीतिक, राजनीतिक तहबाट त्यसलाई समाधान गर्ने बताए ।

बाँस्कोटाले कालापानी नेपालकै भएको ऐतिहासिक प्रमाणहरू भएको बताए । २०१८ सालमै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेकोले कालापानी नेपालकै भएको स्पष्ट रहेको उनले बताए । ‘हामीसँग ऐतिहासिक तथ्य छन् । हामीसँग भएको प्रमाण नै यथेष्ट छन् । हामी सार्वभौमसत्तासँग जोडिएका विषयमा हामी स्पष्ट छौं । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो ।’ भारतको नयाँ नक्सालाई लिएर नेपालमा तीव्र विरोध भएपछि परराष्ट्र मन्त्रालयले बुधवार लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै भारतीय नक्साप्रति ध्यान आकृष्ट भएको पनि विज्ञप्ति जारी गरेको थियो । ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिहीवार फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको बताउँदै गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति व्यक्त गरेका छन् । कांग्रेसले नेपाली भू–भाग अतिक्रमण भएको जस्तो महŒवपूर्ण सवालमा समग्र मुलुकको साझा दृष्टिकोण बनाई कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ । त्यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन् ।

उता, भारतले भने आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी लगायतका क्षेत्र राखेको कुरा अस्वीकार गरेको छ । बिहीवार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्