arthik abhiyan
ad banner

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २२ कात्तिक २०७६)

Nov 8, 2019 
लगानी
Image Not Found

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड ४० लाख छ । २० प्रतिशत बोनस शेयर वितरणपछि रू. १० करोड ८ लाख पुग्नेछ । कम्पनीले रिजर्भ कोषमा रू. ४ करोड ८३ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २० दशमलव १६, मूल्य आम्दानी अनुपात ९९ दशमलव ०१ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ५० छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४५७ कायम भएको छ ।

कम्पनीको ४६ दिनको कारोबार अवधिको अन्तिम दिन क्लोजिङ सेतो मारोबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ५८ दशमलव ५७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १९ दशमलव ९२ छ । उतारचढाव सामान्य छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक आपसमा नजिकिएका छन् । हाल मूल्य यी दुई रेखाभन्दा तल छ ।  बिहीवारको शेयरमूल्य ४५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४६० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४१४ मा टेवा पाउने देखिन्छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्